Comments Add Comment

चण्डिका माविको ४४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईयो

मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ स्थित शिखरकटेरीमा रहेको चण्डिका माध्यमिक विद्यालयले ४४ औं वार्षिकोत्सव विहीबार विविध कार्यक्रम गरि मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले वार्षिक योजना प्रस्तुत गरेका थिए ।

बालमैत्री वातावरणमा शिक्षण, दिवा खाजा, शैक्षिक सुधारका लागि विभिन्न चरणमा परिक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन लगायत अन्य विभिन्न कामहरु सञ्चालन भइरहेको उनले बताए । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सांगीतिक कार्यक्रम पनि भएको थियो । परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने छात्र छात्रालाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन, गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राम बहादुर घलान लगाएतको आतिथ्यता रहेको थियो । २ सय ५४ जना विद्यार्थी रहेको यस विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुदै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर