
अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब संघीय राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाडौँसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ।
सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाडौँमा तेल ल्याउन सम्भव देखाएको छ।
आइओइका पूर्वडिन प्राध्यापक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीच–बीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाडौंमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए। याे खबर आजकाे नागरिक दैनिकमा छ।
Tags
No tags
About the Author
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






