आजको पञ्चाङ्ग
वि.सं. २०७६ भदौ ३०। सोमबार। इ.स. २०१९ सेप्टेम्बर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। द्वितीया, १२:३५ उप्रान्त तृतीया। नक्षत्र– रेवती, २७:३३ बजेउप्रान्त अश्विनी। योग– वृद्धि, २३:२० बजेउप्रान्त ध्रुव। करण– गर, १२:३५ बजेदेखि वणिज, २५:२३ बजेउप्रान्त भद्रा। आनन्दादिमा मातंग योग। चन्द्रराशि– मीन, २७:३३ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०६ बजे र दिनमान ३० घडी २ पला। पञ्चक २७:३३ बजे समाप्ति। तृतीया श्राद्ध।
मेषमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । चुनौतीको सामना गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । बैदेशिक क्षेत्र कमजोर रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुनर्मिलनको योग रहेको छ । बिश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक कारोवारमा मन्दी आउनेछ । पेट सम्बधी समस्याका साथै सामान हराउन सक्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणीय र सुखद् यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुविचारमा मन जानेछ । अनावश्यक धन खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धनार्जनका नयाँ स्रोतहरूपत्ता लाग्नेछन् । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । उपहार पाइने सम्भावनाछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । अचल सम्पत्तिको कारोवार हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसंग पनि मेलमिलाप हुनेछ । प्रेममा सफलतापनि पाईनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । सवारी साधनको खरिद बिक्री हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
Hamropatro.com