Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत २५ गते मंगलवार , तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत २५ गते मंगलवार ।  इ.सं. 2020 April 07 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादीउत्तरायण वसन्त ऋृतु चैत्र शुक्लपक्ष तिथि चतुर्दशी , ११:१८ बजे उप्रान्त पूर्णिमा । नक्षत्र उत्तरफाल्गुनी , ८:३३ बजे उप्रान्त हस्त । योग ध्रुव , १८:४१ बजे उप्रान्त व्याघात । करण वणिज ११:१८ बजेदेखि भद्रा , २२:०५ बजे उप्रान्त कौलव । चन्द्रराशि कन्या । आनन्दादी योग धाता । दिनमान ३१ घडी २६ पला । सूर्योदय ५: ५० बजे । सूर्यास्त १८: २४ बजे ।

Advertisement

विश्व स्वास्थ्य दिवस

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

महत्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक कार्यमा मन जानेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम ढिलो हुनेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज मनपरेको खनेकुरा खान पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलतापनि सफलता मिल्न सक्छ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज स्वास्थ्यमा प्रति सजक रहनु पर्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचिपनि बढ्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...