मकवानपुरगढीमा नि:शुल्क मास्क तथा साबुन बितरण

अनलाइन पत्र संवाददाता२०७६-१२-२४ No Comments

हेटौंडा –कोभिट–१९ को संंक्रमणबाट आफु पनि बचौ अरुलाई पनि बचाउ भन्ने अभियान सहित मकवानपुरगढी गाउँपालिका वडा नं. ६ को जनक माध्यमिक बिद्यालयका दुई सय ५० जना बिधार्थी तथा अभिभावकहरुलाई निशुल्क मास्क तथा साबुन बितरण गरेको छ । कृष्ण प्रणामी युवा परिषद तथा जनक माध्यमिक बिद्यालय ब्यबस्थापन समितीको संयुक्त आयोजनामा बिधार्थी तथा अभिभावकहरुलाई नि:शुल्क मास्क तथा साबुन बितरण गरेको छ ।

परिषदका सदस्यहरुले मास्क तथा साबुन बितरण गर्दै बिधार्थी तथा अभिभावकहरुलाई जनचेतनासहित एक अर्का बिचको दुरी कायम गरि दैनिक क्रियाकलापहरु गर्न र नेपाल सरकारले लागु गरेको नियम पूर्ण रुपमा लकडाउन अवधी भर पालना गर्दै आफु एकदम सुरक्षित भएर घरमै बस्न समेत आग्रह गरेका छन् ।

कृष्ण प्रणामी युवा परिषद समरीका सदस्यहरु चन्द्र बञ्जारा, सुदारस तिमल्सिना, गोबिन्द चौलागाईं, मधुसूदन बञ्जारा, बिद्यालयका व्यवस्थापन समितीका पुर्ब अध्यक्ष कृष्णबहादुर गोले, निबर्तमान अध्यक्ष केदारनाथ चौलागाईं, पि टि य अध्यक्ष मान बहादुर घलान लगाएको उपस्थिति रहेको थियो । परिषदले यसअघि पनि कोरोना बिरुद्दको अभियना संचालन गर्दे बिभिन्न स्थानमा मास्क, सेनिटाइजर, साबुन लगाएतका बिभिन्न बस्तुहरु बितरण गरिरहेको छ ।

Chat Icon
Ad
Ad