सरकार विरुद्ध हेटौंडामा राप्रपा मकवानपुरले राँके जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ हेटौंडा बजारमा राप्रपा मकवानपुरले बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यवृद्धी विरुद्ध विरोध गर्दै राँके जुलुस गरेको हो । यसअघि राप्रपाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, प्रधानमन्न्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई ज्ञापन-पत्र बुझाएको थियो ।

ज्ञापन-पत्रमा रहेको २२ बुंदे माग कार्यन्यवन तर्फ र हेटौंडा उपमहानगरपालिका समक्ष प्रस्तुत गरेको ६ बुँदे माग सम्बोधनमा सरकार उदासिन रहेको भन्दै शुक्रबार हेटौंडामा राँके जुलुस निकालिएको राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिए । जुलुस हेटौंडा ५ स्थित पार्टी कार्यालयबाट सुरु भएर सानोपोखरा कान्तिलोकपथ हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।