हाँस्यव्यङ्ग्यमा नयाँ प्रतिभाको खोजी, विजेतालाई ५० लाखको पुरस्कार

अनलाइन पत्र संवाददाता२०७६-०३-२१ No Comments

यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी हास्य प्रधान कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ। प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो। कार्यक्रमका निर्देशक बिशाल भण्डारीले बिहिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी आफु अब अडिसनको तयारीमा रहेको जानकारी गराए ।

यस प्रतियोगितामा बरिष्ट हास्यब्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन्। 
कमेडि च्याम्पियनका आयोजक एवम् निर्देशक भण्डारीले भने सहभागी हुने तरिकाको बारेमा बताउदै भने,‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्नुपर्नेछ। त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ।’ यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसनमा आफुहरु सहभागी हुन पाउने छन्।

अडिसनबाट चयन भएकाहरु मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हँुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए। उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ। कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। सान थापाले लेख्ने यो कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन्।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad