सुगम पोखरेलको ‘१ एमबी फेरि त्यो दिन’ नेपाल टुरु हुने

अनलाइन पत्र संवाददाता२०७६-०३-२१ No Comments

लोकप्रिय गायक सुगम पोखरेलको १ एमबी फेरी त्यो दिन नेपाल टुर हुने भएको छ । देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुने भएको हो। फेम नेपालको आयोजनमा हुने यो सांगितिक टुर जुलाई १२ तारिक देखि सुरु हुनेछ। कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन्।

जुलाई १२ तारिक पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई २६ तारिक काठमाडौँको प्ले बोई क्लबमा आएर सकिने छ। जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगडको ग्यालेक्सी एम्पायर, जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज हुनेछ।

काठमाडौँ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ।

यसअघि काठमाडौँ टुँडिखेलमा सुगमसंगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको बताएको छ। फेम नेपालका प्रबन्ध निर्देशक बिमल पछाईले नेपाली संगीतको उत्सव भन्ने नाराका साथ आगामी दिनमा अन्य गायक गायिकालाई समेटेर अन्य साङ्गितिक टुरहरुको आयोजना गरिने बताए।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad