हेटौंडा बजार आज बिहानैदेखि सुनसान रहेका छन् । स्थानीय तहको निर्वाचनका दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त सवारी साधन बाहेकका अन्य सवारी साधनहरु चलाउन निषेध गरिएकाले हेटौंडा बजार सुनसान भएका हुन् । प्रशासनले बिहान ५ बजेदेखि नै अनुमती बाहेकका सवारी साधनमा रोक लगाएको थियो ।