काठमाडौं । गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका रानीको ‘नपार दोधारमा’ बोलको गीत सार्वजनिक भएको हो। रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ।

गीतको भिडियोमा पुष्प खड्का र गीता ढुंगानाको नृत्य तथा अभिनय रहेको छ। जसको कोरियोग्राफी तथा निर्देशन मदन खड्काले गरेका हुन्। वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन्।

रानीको आवाजमा रहेका ‘यस्तो माया’, ‘तिमी चल्छौ यो मुटुमा’, ‘सुटुक्कै’, ‘रहे न रहे’ लगायतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *