काठमाडौं । नेपाली फिल्म ’ए मेरो हजुर ४’ को शीर्ष गीत ’फूलको थुङ्गा’ सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो।

नेपाली रजतपटका स्टार किड्स अनमोल केसी (नायक भवन केसिका छोरा) र सुहाना थापा (नायिका झरना थापाकी छोरी)ले ’ए मेरो हजुर ४’ मा अभिनय गरेका छन्। आज सार्वजनिक भएको गीतमा रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ। ’ए मेरो हजुर’ सिक्वेलको पहिलो फिल्ममा रहेको ’फूलको थुङ्गा’लाई पुनःर्सिजना गरेर तयार भएको संगीतमा गायक सुगम पोखरेल र अस्मिता अधिकारीले आवाज दिएका छन्।

ए मेरो हजुर ४ सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। सुहाना इन्टरटेन्मेन्ट नायिका झरना थापाको घरेलु कम्पनी हो। नायिका थापाको निर्देशनमा बनेको यो फिल्मको कथा स्वर्गीय छेतेन गुरुङ र निर्देशकको सहकार्यमा तयार भएको हो भने पटकथा गुरुङ र निर्देशक थापासहित ७ जनाको समूहले तयार पारेको हो।

कोरोनाका कारण निर्माणमा ढिलाइ भएको यो फिल्म नयाँ वर्षको अवसरमा प्रदर्शनमा ल्याउने तयारी रहेको फिल्म निर्माण कम्पनीले बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू