काठमाडौं । काली प्रसाद बास्कोटाको शब्द, संगीत तथा स्वर रहेको ‘मलाई अल्झाउन’ बोलको गीत सार्वजनिक भएको छ। रिकेश गुरुङकले म्युजिक डिजाइन तथा मिसिङ मास्टरिङ गरेको गीत भिडियो सहित शुक्रबार काली प्रसादको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा नाजिर हुसेन र अन्जना बराइली देखिएका छन्। जसको निर्देशन नाजिरले नै गरेका हुन्।

बुद्ध थापाको छायांकन तथा ३३३ को सम्पादन रहेको गीत यतिवेला युट्युब ट्रेण्डिङ लिस्टमा रहेको छ। यसअघि काली प्रसादको ‘सुन बाटुली’ सार्वजनिक भएको थियो।

https://www.youtube.com/watch?v=hG8IyNYumK8&feature=emb_title&ab_channel=KaliPrasadBaskota