काठमाडौँ । गायक तथा समाजसेवी निमा निमा तामाङले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो  ‘बाँध मायाले’ सार्वजनिक गरेका छन्। यस गीतमा गायक तामाङलाई गायिका अन्नु चौधरीले स्वरमा साथ दिएकी छिन्।

रोमाण्टिक भर्सनको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ। यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा गायक तामाङ र  बिमला खाजुम बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।

भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो।  ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू