मकवानपुरमा कोरोना संक्रमण दिनानुदिन बढिरहेको छ । बुधबार मात्रै १४४ जनाको परिक्षणमा ८२ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै बुधबार एक जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।

पुष्टि हुनेहरुमा ५४ जना हेटौंडा उपमहानगरपालिका भित्रका १ जना थाहा नगरपालिका र २७ जना मनहरी गाउँपालिका भित्रका रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या २११ जना पुगेको छ । जसमा ३ जना संस्थागत आइसोलेसनमा बसेको छन् भने २०८ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण मृत्यु हुने संख्या १ सय ६८ पुगेको छ ।