पचिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । रत्नलिङ गुम्बाको आयोजनामा माघ २१ गते शुक्रबार कार्यक्रम आयोजना हुने भएको हो । तामाङ समुदायको महान चाड सोनाम ल्होछारको अवसर पारी आयोजना हुँदै गरेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाइएको छ । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिती समेत गठन गरेको छ ।