लागुऔषधसहित मकवानपुर प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आइतबार साँझमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–९, मास्टरचोकस्थित एक घरमा डेरा गरी बस्ने २५ वर्षीय विशाल बिकको कोठामा सुरक्षाजाँच गर्दा ९७ ट्याब्लेट निट्रजिपाम, १४८ क्यापसुल नेमाडोल, १६ ट्याब्लेट स्टागान, १२ ट्याब्लेट सिओना टु, १६ ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला घर भई हाल हेटौंडा–९, मास्टरचोक बस्ने २५ वर्षीय विशाल बिकसहित हेटौंडा–९ बस्ने २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापामगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौंडा(१० बस्ने १८ वर्षीय सुमित कुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । उनिहरुमाथि थप आवश्यक अनुसन्धान भईरहेको कार्यलयले जनाएको छ ।