नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज दिउँसो हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । आजको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने जनाइएको छ।