नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअनुसार २००० मतगणना सकिएको छ । राष्टिय सभागृहमा जारी मतगणनाअनुसार शेरबहादुर देउवाले ९५८ मत पाउँदा शेखर कोइरालाले ७२६ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी प्रकाशमान सिंहले १७१, विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ७ एक मत पाएका छन् ।