Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा थप २१२० जना नयाँ कोरोना संक्रमित थपिए

Company Register

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २१२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको जानकारी दिए ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५२८ पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...