यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

तुलसीको प्रयोगः फाइदै फाइदा


काठमाडौः हिन्दु समूदायमा तुलसीलाई भगवान विष्णुको प्रतिक मानेर पूजा गरिन्छ । धेरैजसोको घरमै तुलसी रोपिएको हुन्छ । यसलाई सुख र कल्याणका रुपमा हेरिन्छ । पौराणिक महत्वभन्दा फरक तुलसी एउटा उपयोगी औषधि पनि हो । यसको प्रयोग कयौं रोगको उपचारमा गरिन्छ । चिसो लाग्दा, रुघाखोकी लाग्दादेखी लिएर ठुलाठुला रोगको उपचारमा समेत यो निक्कै महत्वपूर्ण औषधि रहेको छ ।

Advertisement
आयुर्वेदमा तुलसी
आयुर्वेदमा तुलसीको बोटको हरेक भागलाई स्वास्थ्यका दृष्टिकोणले निक्कै फाईदाजनक बताईएको छ । तुलसीको जरा, हाँगा, पात, दानाको आ-आफ्नो महत्व रहेको छ । आमरुपमा घरहरमा दुई प्रकारका तुलसी रोपिएको पाईन्छ । एउटाको पातको रंग केही गाढा हुन्छ भने अर्कोको पातको रँग हल्का फुस्रो खालको हुन्छ ।
तुलसीका केही फाईदाहरु यस्ता छन्ः
चिसोमा विशेषः यदि तपाईलाई चिसो लागेको छ या सामान्य ज्वरो आएको छ । यस्तो अवस्थामा मिश्री, मरिच र तुलसीको पातलाई पानीमा राम्रोसँग पकाएर त्यसको पानी पिउँदा निक्कै फाईदा पुग्छ ।
पखालामा लाभदायक: यदी तपाई पखाला लागेर हैरान हुनुहुन्छ भने, तुलसीको पात निक्कै लाभदायक हुनसक्छ । तुलसीको पातलाई जिरासँग मिसाएर पिस्नुस् र यसलाई ३ ४ पटक चाट्नुस् । यस्तो गर्दा पखाला रोकिने आयुर्वेदले बताएको छ ।
यौन रोगमा प्रयोग: यौनरोगको औषधि बनाउन तुलसीको विशेष प्रयोग गरिन्छ । पुरुषहरुमा शारीरिक कमजोरी भएमा तुलसीको दानाको प्रयोग फाइदाजनक मानिएको छ । यसका अलावा यौन दुर्बलता र नपुंसकतामा पनि यसको दानाको नियमित प्रयोग लाभदायक रहने बताईएको छ।
अनियमित महिनावारीमा उपयोगी: महिनावारी अनियमित हुने समस्याले सताईरहेको छ भने, तुलसीको दानाको प्रयोग गर्नु राम्रो हुन्छ । यस्तैगरी तुलसीको पातको पनि नियमित खान सकिन्छ ।
श्वासको दुर्घन्ध हटाउनः श्वास गन्हाउने समस्याले मानिसहरुलाई निक्कै पिरोलीरहेको छ । यस्तोमा तुलसीको प्रयोगले फाइदा पुर्याउने आयुर्वेदमा उल्लेख गरिएको छ। यसको प्रयोगको वेफाईदा पनि छैन । मुखबाट आउने दुर्घन्धलाई हटाउन तुलसीको पात चपाउनुलाई राम्रो मानिएको छ ।
चोट लाग्दा तुलसीको पात फिटकिरीसँग मिसाएर लगाउने घाउ छिठो निको हुन्छ । तुलसीमा एन्टी ब्याक्टेरीयल तत्व हुने हुँदा यसले घाउलाई पाक्न दिदैन । यसका अलावा तुलसीको पातलाई तेलमा मिसाएर लगाउँदा जलन पनि कम हुन्छ । घाउ चोट लाग्दादेखी अनुहारलाई सफा बनाउनेमा समेत तुलसीको प्रयोगलाई विशेष मानिएको छ ।
छाला सम्बन्धि रोगहरुमा पनि तुलसीको विशेष फाईदा रहेको छ । यसको प्रयोगबाट डण्डीफोर हट्ने र अनुहार सफा हुने विश्वास गरिएको छ। कयौं अध्ययनहरुले तुलसीको दाना क्यान्सरको उपचारमा पनि काम गर्ने देखाएको छ । यद्धपी यसको अहिलेसम्म पुष्टि भने भएको छैन ।