यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

के तपाँईको कपालमा चाँया परेको छ ? यसरी हटाउनुहोस्



Advertisement
चाँया पर्ने धेरै कारणहरु छन् । चिकित्सहरु भन्छन् धेरै चाँया पर्नु एक किसिमको रोगपनि हुन सक्ने बताउँछन् । चाँयाको मुख्य लक्षण कपाल झर्ने र चिलाउनु हो । यो समस्या कपालमा हुने मृत कोशिकाहरुबाट पैदा हुन्छ ।
विशेषज्ञका अनुसार यो समस्या ती व्यक्तिहरुलाई धेरै हुन्छ जो कपाललाई सही ढंगले सफा गर्दैनन् । यसका साथै तेलको कमी, तनाव, हर्मोनको समस्या, खानपान जस्ता पोषक तत्वको अभावका साथै बारम्बार पानी परिवर्तन गर्दा पनि चाँया पर्न सक्छ । गर्मीयाम भन्दा जाडोयाममा चाँया बढि पर्ने गरेको पाइन्छ । हामीले चाँयालाई यसरी घरेलु विधि प्रयोग गरेर पनि हटाउन सक्छौं ।
– अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।
– कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
– एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ ।
– नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
– स्वाद बढाउन प्रयोग गरिने प्याजबाट रस निकालेर कपालमा मासिल गर्दा चाँयाबाट मुक्ति मिल्छ । प्याजको रस बनाएर कचौरामा राख्ने र औँलाको सहायताले कपालको जरामा लगाउने र सुकेपछि पखाल्ने गर्दा कपालको सुख्खापन हराउँछ ।
– अन्य व्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।
– अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।
– धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।