नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि गरेको मतदान सकिएको छ । मतदान सकिएपछि अहिले मत गणना सुरु गरिएको छ । सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।

राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । २५० मत गणना गर्दा देउवाले १३२ मत पाएका छन् भने डा. शेखर कोइरालाले ८१ मत पाएका छन् । यस्तै प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् । नेयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । सभापतिमा जित्न २३४० मत चाहिन्छ ।