नेपालमा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनका अनुसार सुर्खेतको पञ्चपुरका २८ वर्षीय पुरुषको २२ जेठमा मृत्यु भएको थियो । उनी ८ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टानमा बसेका थिए । घर फर्किँदा आरडीटी नेगेटिभ आएपछि २२ जेठमा घर पठाएकोमा सोही दिन उनको मृत्यु भएको थियो ।

आरटी पीसीआर विधिबाट परीक्षण उनको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा देवकोटाले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।