प्रेस सेन्टर हेटौंडा उप–महानगरपालिका कमिटीको अध्यक्षमा दुदुमाया सिन्तान चयन भएकी छन् । बिहिबार थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको उपमहानगर भेलाले सिन्तानको अध्यक्षतामा ९ सदस्यीय उपमहानगरपालिका कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा राजेश थापा (गरिब), सचिवमा उज्ज्वल सापकोटा र कोषाध्यक्षमा सुजिता पुडासैनी चयन भएका छन् । समितिको सदस्यहरुमा रोशन खड्का, अनुजा दानी लगायत रहेका छन् ।