Comments Add Comment

मकवानपुरको बकैयामा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बस दुर्घटना , ८ जना घाईते

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा गएराती बस दुर्घटना भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल मकवानपुर र श्रीजना कला केन्द्रद्वारा आयोजित देउसी भैलो कार्यक्रम सकेर हेटौंडा फर्किने क्रममा बकैयाको अजिङ्गरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ८ जना गम्भिर घाईते भएका छन् । घाईतेहरुलाई हेटौंडाको चुरेहिलमा उपचार सम्भव नभएपछि भरतपुर रिफर गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मकवानपुरका सदस्य खुस्बु विन्द मगरले जनाएको छ । बस गएराती करिब १ बजे  दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर