साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछ। नेपाली समय अनुसार आज राती पौने ९ बजे माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियम खेल सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो।

Advertisement

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ। भारत पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो भने श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
प्रतिक्रिया
Loading...