भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वान्टी–२० कप्तानी छोड्ने भएका छन् । बिहीबार कोहलीले सामाजिक सञ्जालमार्फत आगामी ट्वान्टी–२० विश्वकपपछि उक्त फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘यो निर्णयमा पुग्नु सहज थिएन । रवि शास्त्री र रोहित शर्मासँगको लामो कुराकानीपछि मैले यो निर्णय लिएको हूँ । ट्वान्टी–२० विश्वकपपछि ट्वान्टी–२० को कप्तानी छाड्नेछु ।’ केही दिनदेखि भारतीय राष्ट्रिय क्रिकेट टिममा कप्तानी जिम्मेवारीमा हेरफेर गरिने चर्चा चल्दै आएको थियो । ट्वान्टी–२० विश्वकपपछि विराट कोहलीले ट्वान्टी–२० र एक दिवसीय क्रिकेटको कप्तानको जिम्मेवारीबाट हट्ने समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।