चौथो बागमती गोल्डकपको उपाधि थ्रीस्टार युवा क्लबले जितेको छ । मकवानपुरको बागमतीमा भएको चौथो बागमती गोल्डकपमा सोमबार भएको फाईनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन् (आरस) क्यामरनलाई ३–२ गोल अन्तरले हराँउदै थ्रीस्टारले उपाधि जितेको हो । विजेता बन्दै थ्रीस्टारले ८ लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता अफ्रिकन क्लव क्यामरुनले ४ लाख मा चित्ता बुझाएका छन् ।

प्रतियोगितामा अफ्रिकन रुट्स् क्लवका गोलकिपर डीए सिल्भा उत्कृष्ट किपर, अफ्रिकन रुट्स् क्लवकै आखामी उत्कृष्ट मिल्डफिल्डर र उत्कृष्ट वेस्ट फरवार्ड माउसा बन्न सफल भए भने सर्वोकृष्ट डिफेण्डर थ्रीस्टारका जीवन गुरुङ र थ्रीस्टारकै उर्जन थापा उत्कृष्ट कोच बन्न सफल भए । प्रतियोगिता भरीमा सर्वोकृष्ट खेलाडी थ्रीस्टारका निशान खड्का बने । प्रतियोगिताका विधागत सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, विधागत उत्कृष्ट खेलाडीले प्रतिखेलाडी १० हजार र म्यान अफ दी म्याचले प्रतिखेलाडी ५ हजार प्रदान प्राप्त गरेका छन् ।