काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।