मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको राक्सिराङ गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर मृत्यु हुनेमा गाउँपालिकाको वडा नंबर ९ मरुवाडाँडाका ५७ वर्षीय पुरुष विर बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार बिहान जनतारबाट घर हिडेका प्रजालाई गोराङ्दी खोला तर्ने क्रममा खोलाले बगाएको र शव दिउँसो फेला परेको हो ।