Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका : ब्राजिलको लगातार तेश्रो जित

Company Register

कोपा अमेरिका फुटबलमा ब्राजिलले लगातार तेश्रो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा कोलम्बियाले लुइस डियाजको गोलबाट खेलको १० औ मिनेटमा शुरुवाती अग्रता लिएको थियो। ब्राजिलले खेलको ७८औ मिनेटमा रोबेर्टो फिर्मिनोको गोलमा बराबरी गरेको थियो। त्यसपछि खेलको ९० मिनेट पछिको १० मिनेट थपिएको खेलको १०औ मिनेटमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई जिताएका थिए।

Advertisement

समुह बि मा रहेको ब्राजिलको यस जितपछि ३ खेलमा ९ अंक बटुल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै कोलम्बियाको ४ खेलमा ४ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको कोलम्बिया पनि क्वाटरफाइनलमा पुगेको छ। त्यस्तै कोपा अन्तर्गत आजै भएको खेलमा इक्वेडर र पेरु २(२ गोलको बराबरीमा रोकिएका छन्। समुह बि मा पेरुको ३ खेलमा ४ अंक रहेको छ भने इक्वेडरको ३ खेलमा २ अंक रहेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...