दुर्गेश थापाको “आँखो देखाईदिस” सार्वजनिक

काठमाडौँ – पछिल्लो समय युवा पुस्ता माझ निकै नै लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाको नयाँ गीत“आँखो देखाईदिस”सार्वजनिक भएको छ । दुर्गेश थापाको स्वयम शब्द संगीतमा तयार पारेको म्युजिक भिडियो निकै नै उत्कृष्ट रहेको छ । युवा पुस्तालाई मध्यनजर गरेको थापाले म्युजिक भिडियो बजारमा ल्याउने गरेका छन् ।

शिब बिकले निर्देशन गरेको म्युजिक भिडियोमा दुर्गेश थापा र एलिजा गौतमको अभिनय रहेको छ । नायिका तथा समाजसेवी एलिजा गौतम पछिल्लो समय एक पछी अर्को म्युजिक भिडियोमा देखिन थालेकी छन् । गौतमका हरेक म्युजिक भिडियो उत्तिकै दमदार र उत्कृष्ट हुने गरेका छन् । योगेश काजीले संगीत एरेन्ज गरेको गीतको म्युजिक भिडियो छायांकन अजय रेग्मीले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।

प्रमोद भण्डारीको कोरियोग्राफ रहेको म्युजिक भिडियो डी सिरिजबाट सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad