Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपीएल : हैदराबादलाई हराउँदै चेन्नई शीर्षस्थानमा

Company Register

इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । बुधबार राती भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । चेन्नईका लागि रुतुराज गायकवाडले ७५ तथा फाप डु प्लेसिसले ५६ रनको योगदान गरे । यस्तै, सुरेश रैनाले १७, मोइन अलिले १५ र रविन्द्र जडेजाले ७ रन बनाए ।

Advertisement

हैदराबादका राशिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डे र डेबिड वार्नरले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मनिषले ६१ रन तथा डेभिड वार्नरले ५७ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै चेन्नई ६ खेलमा १० अङ्क जोड्दै शीर्ष स्थानमा पुगेको छ । हैदराबाद भने ६ खेलमा २ अङ्क जोडेर पुछारमा छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...