इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
बेङ्गलुरु ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा समान अङ्क रहेको पन्जाब रनरेटका आधारमा चौथो स्थानमा छ ।
यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई चार विकेटले हराएको थियो । आईपीएलमा १० अङ्क रहेको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




