Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘कति निष्ठुरी’ गीत सार्वजनिक (भिडियो)

Company Register

काठमाडौं – रचनाकार राजकुमार फुयालको नयाँ गीत ‘कति निष्ठुरी’ सार्वजनिक भएको छ । गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसनको अफिसियल युट्युब च्यानलबाट बुधबार साँझ सार्वजनिक गरिएको हो ।

Advertisement

गीतको भिडियोमा अभिनयमा ख्याती कमाएकी लोकप्रिय कलाकार रोशनी कार्की, सन्दीप श्रेष्ठ र बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ ।

लाखौ युवाहरु वैदेशिक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असलाई देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ । सार्वजनिक गरिएको गीतको भिडियोलाई दर्शकहरुको राम्रो प्रतिक्रिया आइरहेको निर्माण युनिटले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...