Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सलमान खानको ‘राधे’को ट्रेलर सार्बजनिक (भिडिओ)

Company Register

सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे’को ट्रेलर आज बिहिबार सार्वजनिक भएको छ। ईदको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुने घोषणासँगै फिल्मको ट्रेलर सार्वजनिक भएको हो।

Advertisement

राधे बनाउने घोषणा भएदेखि कुनै न कुनै चर्चामा रहँदै आएको फिल्मको ट्रेलर पनि दर्शकले रुचाइरहेका छन्। जी स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलर करिब ३ मिनेटको छ।

ट्रेलरमा सलमानसँगै अभिनेतमा रणदीप हुडा र अभिनेत्री दिशा पटानी देखिएका छन्। एक्सनले भरिपूर्ण राधे सलमानको निर्माण र प्रभु देवाको निर्देशनमा तयार भएको फिल्म हो।

हलमा गएर हेर्न चाहने दर्शकले टिकट काटेर हेर्न सक्ने भनिएको यो फिल्म दर्शकले ओटीटी प्लेटफर्ममा पैसा तिरेर पनि हेर्न सक्ने बताइएको छ। फिल्म जी प्लेक्सबाट सार्वजनिक हुनेछ। 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...