काठमाडौं – सुनको भाउ बिहीबार प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने छापावाल सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ थियो ।

यस्तै, बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।