Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

न्यू इयर इभमा एकल प्रस्तुति दिँदै गायक रविन महर्जन

Company Register

काठमाडौं – नयाँ वर्ष २०७८ को स्वागतमा काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा पप गायक रविन महर्जनले एकल गायन प्रस्तुति दिने भएका छन् ।

Advertisement

न्यू इयर इभ अर्थात यही चैत ३१ गते मंगलबार कलंकी, काठमाडौंस्थित खाँडादेवी फुडल्याण्डले आयोजना गर्ने न्यू इयर इभ कार्यक्रममा गायक महर्जनले आफ्नो सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

कार्यक्रममा गायक महर्जनले आफ्ना गीतका साथै अन्य विभिन्न लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछन् । कार्यक्रममा डिजे जेएनले पनि आफ्नो प्रस्तुति दिँदैछ ।  उनले फुडल्याण्डमा उपस्थित दर्शकलाई नचाउने जिम्मा लिएका छन् ।

मकालु पेट्रोल पम्पको अघिल्तिर रहेको उक्त फुडल्याण्डमा मौलिक नेपाली खानाका साथै भारतीय, ईन्डियन, चाइनिज तथा कन्टिनेन्टल खानाको स्वाद लिन सकिने उक्त फुडल्याण्डका मेनेजर रमेश केसीले जनाएका छन् ।

कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यान दिँदै उक्त कार्यक्रम साँझ ७ बजेदेखि राति नौ बजेसम्म सञ्चालन गरिने छ भने कार्यक्रमका क्रममा सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरिने पनि मेनेजर केसीले बताएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...