काठमाडौँ – पाँच बर्षिया गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ लको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको  हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द  र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन् ।

मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।

उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन् ।

आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू