Comments Add Comment

कांग्रेसको थाहा नगरको ४ वडामा दुईदिने प्रशिक्षण

नेपाली कांग्रेस मकवानपुरको प्रशिक्षण विभागले मकवानपुरको उत्तरी थाहा नगरपालिकाको ४ वटा वडाको दुईदिने संयुक्त प्रशिक्षणको अाज पालुङमा सुरु गरिएको छ ।

नेपाली कांग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षता तथा केन्द्रीय सदस्य बद्री पाण्डेको प्रमुख अातिथ्यतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सचिव एवं प्रशिक्षण विभाग प्रमुख बुद्ध लामा, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु कृष्णभक्त श्रेष्ठ, खडग गोपाली, भीमसेन महत, महासमिति सदस्य दीनेश उपाध्याय, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, तरुण दल जिल्ला सचिव सचित थापालगायतले मन्तव्य गर्नुभएको थियोे । भोलीसम्म चल्ने प्रशिक्षणमा थाहा नगरका १, ६, ९ र १० कार्यकर्तालाई केन्द्रीय सदस्य पाण्डे, नेता बानियाँ, सचिव लामाले प्रशिक्षण दिनुरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर