हेटौंडामा भएको दुर्घटनामा २ जनाको मृत्यु

अनलाइन पत्र संवाददाता२०७७-०४-१२ No Comments

हेटौंडा – हेटौंडाबाट रड बोकेर पूर्वी मकवानपुर जाँदै गरेको ट्याक्टर हटियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ का वर्ष ५५ का शंखर लोप्चार र बागमती गाउँपालिकाकै वडा नंबर ८ का वर्ष १७ का शुजल नेगी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यस्तै अर्का घाईते मनोज जिम्बाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । तीनै जना ट्याक्टरमा सवार थिए ।

ट्याक्टर  चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो हेटौंडाबाट रड बोकेर पूर्वी मकवानपुरको फापरबारी जाँदै गरेको ना ५ त ८०८८ नंबरको ट्याक्टर दुर्घटना भएको हो ।

Ad
Ad