मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा रहेको हेटौंडा भिलेज कृषि फार्मले हेटौंडा बजारमा बिक्रीकेन्द्र शुरु गरेको छ । आफ्नै फार्ममा उत्पादन गरिएका कुखुराको मासु सोझै उपभोक्ताको भान्सा सम्म पुर्याउने उदेश्यले बजारमा बिक्री केन्द्र सुरु गरिएको हेटौंडा भिलेज कृषि फार्मका सञ्चालक राजु लामिछानेले जानकारी दिएका छन् ।

शनिबार नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रीय सदस्य तथा कृषि उध्यम केन्द्रका सभापति अरुणराज सुमार्गिले बिक्री केन्द्रको उद्घाटन गरेका छन् । द्घाटनका क्रममा सुमार्गिले राज्यले कृषि उध्यम विकासको अबधारणा ल्याइरहेको सन्दर्भमा आफैले उत्पादन गरेको कृषि उपज उपभोक्ताले पाउने गरि बिक्री केन्द्र खोलिनु प्रशसनीय कार्य भएको बताएका छन् । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस अगाडी रहेको बिक्री केन्द्रमा टर्की, लोकल कुखुरा,लोकल खसी, कडकनाथ, लोटन, ब्रोइलर लगायतका मासु सुलभ मुल्यमा पाइने बताइएको छ ।