बलिउड अभिनेता बरुण धवनले फेसन डिजाइनर नताशा दलालसँग लगनगाँठो कसेका छन्। बरुण र नताशाको विवाह आइतबार मुम्बईमा सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विवाहपछि बरुणले सामाजिक सञ्जालमा विवाहको तस्बिर सेयर गरेका छन्। उनीहरुको विवाह समारोहमा मिडियालाई पूर्णरुपले प्रतिबन्ध लगाएको थियो। बरुणले रिसेप्सन भने फेब्रुअरी २ मा मुम्बईको जेडब्ल्यू म्यारियटमा हुने जानकारी दिएका छन्।