‘द कपिल शर्मा शो’ बन्द हुँदै

सोनि टेलिभिजनमा प्रसारण हुँदै आएको ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार कमेडियन कपिल शार्माले चलाउँदै आएको ‘द कपिल शर्मा शो’ फेब्रुअरी महिनाको मध्यबाट केही समयका लागि बन्द हुनेछ।

शोमा कपिलका अलावा किकु शारदा, कृष्णा अभिषेक, भारती सिंह, अर्चना पुरन सिंहलगायतको प्रस्तुति हुने गर्छ।

समाचारअनुसार पछिल्लो समय बलिउडमा फिल्महरु निर्माण नहुनु, शोमा दर्शक ल्याउन नपाउनुलगायत कारणले केही समयका लागि स्थगित गर्नुपरेको आयोजकले जनाएको छ।

केहीअघि मात्र कपिलकी श्रीमती गिन्नी गर्भवती रहेको समाचार प्रकाशित भएको थियो। सो कारण पनि कपिललाई केही समय ‘ब्रेक’ चाहिएको हुनसक्ने बताइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad