Comments Add Comment

कीर्गिस्तान सेमिफाइनलमा, नेपाल र माल्दिभ्सबीचको निर्णयक खेल भोली

समूह एको दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सहज सेटमा हराउँदै कीर्गिस्तान अन्तिम चारमा पुगेको हो । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई २५–१५,२६–२४ र २५– ले हराएको थियो ।

दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय ७ अंकले पछि परेको कीर्गिस्तानले लगातार ५ अंक जोड्दै खेलमा फर्केको थियो । लगातार दुई खेल जित्दै कीर्गिस्तान ६ अंकका साथ अघिल्लो चरणमा पुगेको हो । 
पहिलो दिन कीर्गिस्तानले आयोजक नेपाललाई २५–२३,२५–२२ र २५–२२ ले हराएको थियो । 
अब नेपाल र माल्दिभ्सबीच बुधबार हुने खेलको विजेता समूह ‘ए’को उप विजेताका रुपमा सेमिफाइनल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर