नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरेका छन् । नेकपाकै पहलमा आईतबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने सहमति गरेको जसपाका कार्यकारी परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बताए ।

उनले भने, ‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो, प्रम केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक, निरंकुश रहेको ठहर गरियो ।’ संसद् विघटनका विरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको उनले जानकारी दिए । बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भएका थिए। त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र डा। मीनेन्द्र रिजाल तथा जसपाका डा। बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए। मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा ९१० र ९७० तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरेकी हुन् ।