मकवानपुरको पूर्वी क्षेत्रमा रहेका बकैया गाउँपालिकामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बकैया गाउँपालिका वडा नंबर ४ को आयोजनामा हुने प्रतियोगिता सोहि वडाको श्री महेन्द्र माविको खेल मैदानमा हुनेछ । पहिलो पटक हुन लागेको मैत्रिपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगितामा करिब ३० जना खेलाडीले सहभागि जनाउने आयोजकले जनाएको छ ।