हेटौंडा ५ मा रहेको अब्बलडाँडा शान्तिपथ टोलविकास सैस्थाले १९ औं साधारणसभा सम्पन्न गरेको छ । आफ्नो टोलमा विकास निर्माण कार्यदेखि लिएर टोलवासीलाई नियमित सहुलियत ऋण समेत टोलविकास संस्थाले प्रवाह गर्दै आईरहेको छ । हालसम्म टोलवासीहरुमध्ये ३ सय जना बचत तथा ऋण कार्यक्रममा सहभागी भएका छन् ।

संस्थाले सञ्चालन गरेको उक्त कार्यक्रमबाट गत आर्थिक वर्ष ०७६/०७७ मा संस्थालाई ७ लाख ५० हजार आम्दानी भएको छ । संस्थाले गत आर्थिक वर्षमा ४१ लाख ६० हजार ऋण लगानी गरी ३७ लाख ९२ हजार ५ सय रुपैयाँ ऋण असुली पनि गरेको संस्थाका अध्यक्ष अभिमन्यू गौतमले जानकारी दिनुभयो । संस्थाले बिना धितो ४० हजार र धितोमा ४ लाख सम्म आफ्ना सदस्यलाई ऋण प्रवाह गर्दै आएको छ । टोलमा सामाजिक सचेतनामूलक कार्यक्रम, बालबालिकालाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण समेतका रचनात्मक कार्य हुँदै आएको अध्यक्ष गौतमले बताउनुभयो ।

टोलवासीको हीतमा सदैव सक्रिय रहेको यस संस्थाले प्रतिनिधी सभा सदस्य एवम् अर्थ समिति सभापति कृष्ण प्रसाद दाहालको पहलमा सहरी विकास परियोना मार्फत २५ लाख त्यसैगरी हे.उ.म.न.पा बाट ९ लाख तथा ३६ लाख २५ हजार ९ सय १७ रुपैयाँ स्थानीय लागत सहभागितामा १७० मिटर बाटो स्ल्याव ढलान समेत सम्पन्न गरिसकेको छ ।

हेटौंडा ५ का वडाअध्यक्ष राजेश बाँनियाको प्रमूख आतिथ्यतामा सम्पन्न भेलामा वडा सदस्य सरस्वती दाहाल,टोलविकास वडा समन्वय समितिका देवीप्रसाद दाहाल,संस्थाकी सल्लाहकार पद्मा पौडेल, पूर्व सचिव सुनिल गौतम, लेखा संयोजक भूमीनन्द गौतम, उपाध्यक्ष नन्दु घिमिरे, सहसचिव विष्णु दहाल कोषाध्यक्ष कल्पना ढुङ्गेल लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष अभिमन्यू गौतमको अध्यक्षतामा सम्पन्न भेलालाई सचिव रञ्जीता सिलवालले सञ्चालन गर्नुभएको हो ।