Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विद्यालय शिक्षामा काब्य शिक्षण विषयक प्रशिक्षण सम्पन्न

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४२ औं सत्र आज सम्पन्न भएको छ । जिल्ला समितिको १ महिने प्रशिक्षणपछि संगठन जिल्ला महिला विभागको आयोजनामा १ हप्ते शिक्षक प्रशिक्षणको सातौं दिन विद्यालय शिक्षामा काब्य शिक्षण विषयक प्रशिक्षण सम्पन्न भएको हो ।

नेपाल शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौड्लको प्रमूख आतिथ्यतातथा संगठन मकवानपुर जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमलाइ पद्मकन्यया क्यापस काठमाण्डौकी प्राध्यापक प्रभा भट्टराइले सहजीकरण गर्नुभएको हो । भट्टराइले विद्यालय तहमा शिक्षण हुने काब्य विधालाइ मूलुकभरबाट जुम एप मार्फत सहभागी हेका शिक्षकहरुबीच सैद्दान्तिक एवम् संरचनागत र लय विधान प्रशिक्षण गर्नुभएको हो । कार्यक्रममा शिक्षकहरुबाट उठेका जिज्ञासामाथि प्रष्ट पार्दै भट्टराइले प्रशिक्षण दिनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

संगठन जिल्ला सहसचिव प्रतिमा गौतमले स्वागत गर्नुभएको कार्यक्रममा संगठन राष्ट्रीय परिषद् सदस्य रमेश लामिछाने, जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेकोमा भोलि जेष्ठ १७ गते राष्ट्रीय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यतामा समापन कार्यक्रम हुने र १८ गतेदेखि नियमित समयमानै शिक्षक हीत बचत तथा ऋण सहकारी संट्ठथा लिमिटेडले अनलाइन भर्चुअल प्रशिक्षण दिने कार्यक्रम रहेको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...