Image may contain: 2 people

मकवानपुर – मकवानपुरका रेडियो संचालक रेडियोको हकहितका लागि एकजुट भएका छन् । रेडियो संचालकहरुको भेलाले नेपाल उद्योग वाणीज्य महासंघका केन्द्रिय सदस्य एवं रेडियो थाहासंचारका संचालक अरुणराज सुमार्गीको अध्यक्षतामा मकवानपुर रेडियो संचालक समूह निर्माण गरिएको छ ।

रेडियोको विकास तथा हकहितका पक्षमा संगठित भएर काम गर्न आफूहरु लागिपर्ने सुमार्गीले बताए । शुक्रबार मकवानपुर रेडियो सञ्चालक समूह निर्माण गरिएको हो । उपाध्यक्षमा अनिलकुमार खाति, सचिवमा एमपी शर्मा र कोषाध्यक्ष राजु लामिछाने रहेका छन् । समूहमा मकवानपुरमा संचालित सबै रेडियो सदस्य रहेका छन् ।